मेसीले बार्सिलोना छाड्न सक्छन् !

च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युखिनसँग ८–२को लज्जास्पद पराजय बेहोरेपछि स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले बार्सिलोना छाड्न चर्चा चलेको छ । यही चर्चाबीच म्यान्चेस्टर युनाइटेड र इंग्ल्यान्डका लिजेन्ड डिफेन्डर रियो फर्डिनान्डले बायर्नसँगको लज्जास्पद पराजयसँगै मेसीले बार्सिलो छोड्न सक्ने बताएका छन् ।

बार्सिलोनाको नमीठो हारपछि मेसी लज्जिल र दुखित भएको बताउँदै उनले बार्सिलोना छाड्ने निर्णय गर्नसक्ने आँकलन फर्निनान्डले गरेका छन् । ‘यो समय उनी पीडामा छन, त्यसैले मेसीले साच्चै निर्णय गर्न सक्छन् र क्लबबाट बाहिरिन सक्छन् ।’ बार्यनसँगको हारले मेस्सी लज्जित भएको खेलकै क्रममा पनि त्यो झल्किएको उनले बताए ।

बार्सिलोनाले २०१४–१५ को सिजनमा युभेन्ट्सलाई हराउँदै च्याम्पियन्स लिगको फाइनल जितेको थियो, तर त्यसपछि भने क्लबको प्रदर्शन च्याम्पियन्स लिगमा स्वभाविक रहन सकेन । यस्तै बार्सिलोना १४ वर्षपछि उपाधि बिहीन बन्यो ।

फर्डिनान्डले भनेका छन्, ‘सन् २००६–०७ को सिजनपछि पहिलो पटक बार्सिलोनाले उपाधि बिहीन बन्यो । आफ्नो प्रदर्शन पनि खस्कियो त्यसैले मेस्सीले स्थानान्तरणको प्रकृया सुरु गर्न सक्छन् ।’ फर्डिनान्डले स्थानान्तरणको अधिकार मेसीमा निहित रहेको भन्दै यो आफ्नो अनुमान मात्र भएको बताए ।

मेसी र बार्सिलोनाको बीचको सम्झौता सन् २०२१ को अन्त्यसम्म छ । बार्यनसँगको पराजयपछि मेस्सी ड्रेसिङरुपमा सोच मग्न भएर बसिरहेका देखिन्थे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखको छन्, ‘मेसीले केही नयाँ र राम्रो कुरा सोचे, त्यसले उनको जीवनमा परिवर्तन ल्याउने छ । तर, यसको नतिजा केही दिनपछि मात्र थाहा हुनेछ ।’

पछिल्लो समय मेसी र प्रशिक्षक क्वेक सेटिनसँग पनि राम्रो सम्बन्ध छैन । यो सिजन खराब प्रदर्शन गरेको बार्सिलोना मेसीले छाड्न पटक पटक चर्चा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *