युरोपा लिगको ड्र सर्वाजनिक

युरोपियन फुटबल एसोसिएसन (युइएफए) युरोपा लिगको ड्र सर्वाजनिक गरिगरेको छ । कोरोना भाइरसको महमारीका कारण रोकिएको युरोपा लिगको क्वार्टरफाइनल र सेमिफाइनलको ड्र युइएफएले शुक्रबार सर्वाजनिक गरेको हो ।

सर्वाजनिक ड्र अनुसार वुल्भ्सवर्ग–सख्तर डोनेस्क तथा फ्र्यांकफर्ट र बासेलबीचको विजेता भिड्ने छन् भने एलएसके र म्यान्चेस्टर युनाइटेड तथा इस्तानबुल र कोपनहेगनको विजेता भिड्ने छन् । यस्तै, इटर मिलान र गेटाफे तथा रेन्जर्स र बायर लेभरकुशनबीचको विजेता क्वार्टरफाइलन भिड्दा ओेलम्पिकोस र वुल्भ्स तथा सेभिया र रोमाबीचको विजेता पनि सेमिफाइनल प्रवेशका लागि भिड्ने छन् ।

यसैगरी सेमिफाइनलमा वुल्भ्सवर्ग/सख्तर डोनेस्क तथा फ्र्यांकफर्ट/बासेलबीचको विजेता र इटर मिलान र गेटाफे तथा रेन्जर्स र बायर लेभरकुशनबीचको विजेता भिड्ने छन् । यस्तै अर्को सेमिफाइनलमा एलएसके/म्यान्चेस्टर युनाइटेड तथा इस्तानबुल/कोपनहेगनबीचको विजेता र ओेलम्पिकोस/वुल्भ्स तथा सेभिया/रोमाबीचको विजेता भिड्ने छन् ।

कोरोना भाइरसका कारण युरोपा लिगको अन्तिम १६ कै खेल पनि बाँकी छन् । कोरोना महामारी अघि अन्तिम १६ को पहिलो लेगका ६ खेल भएका थिए । ती १२ क्लबले पुनः दोस्रो लेग खेल्ने छन् भने अन्य क्लबले अन्तिम १६मा पनि सिंगल लेग खेल्ने छन् ।

अन्तिम १६का खेल ५–६ अगस्तमा हुने छ भने क्वार्टरफाइनलका खेल १०–११ अगस्तमा हुने छ । यस्तै, सेमिफाइनल १६ र १७ अगस्तमा हुने छ भने फाइलनल २१ अगस्तमा हुने छ । युरोपा लिगका क्वार्टरफाइलनदेखिका सबै खेल जर्मनीमा हुने छ । फाइलन क्लोनको राइन इनर्जी स्टाडियोन रंगशालामा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP