विलियनले चेल्सी छाड्ने पक्का

ब्राजिलियन विंगल विलियनले लन्डन क्लब चेल्सी छाड्ने पक्का भएको हो । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६को दोस्रो लेगमा बायर्नसँग चेल्सी पराजित भएसँगै चेल्सीको सिजनको खेल सकिएकाले विलियनले चेल्सी छाड्ने पक्का भएको हो ।

चेल्सी र विलियनबीचको सम्झौता सिजनको अन्त्यसम्म मात्र थियो । सम्झौता नवीकरणका विषयमा चेल्सी र विलियनबीच समित हुन नकसेपछि ३२ वर्षीयले विंगलरले चेल्सी छाड्ने तय भएको हो ।

विलियनले चेल्सीका पछिल्ला दुई खेल भने कुर्कुचाका चोटका कारण गुमाए । विलियनले ७ सिजन चेल्सीमा बिताएका छन् । सन् २०१३ मा रसियन क्लबबाट ३० मिलियन युरोमा चेल्सी आएका विलियनले ३३९ खेलमा ६९ गोल गरेका छन् । उनले चेल्सीबाट दुई प्रिमियर लिग तथा युरोपा लिग, एफए कप र इएफएल कप १–१ जितेका छन् ।

प्रशिक्षक फ्र्यांक लाम्पार्ट विलियनले क्लबमै राख्न चाहन्थे । उनले अन्तिमसम्म विलियनलाई फकाउने प्रयास गरेका थिए, तर सहमति हुन सकेन । विलियन तीन वर्ष सम्झौता थप गर्नुपर्ने पक्षमा थिए भने चेल्सी दुई वर्षमात्र सम्झौता नवीकरण गर्न चाहन्थ्यो । चेल्सीले ३० वर्षमाथि खेलाडीलाई १ वर्षमात्र सम्झौता नवीकरण गर्छ । तर, लाम्पार्टको विशेष आग्रहमा चेल्सीले विलियनलाई २ वर्षको प्रस्ताव गरेको थियो ।

विलियन सम्भवतः अर्को लन्डन क्लब आर्सनल जाने छन् । उनी आर्सनल जाने लगभग पक्का भएको समाचारहरु आइरहेका छन् । आर्सनले विलियन समक्ष ३ वर्ष र प्रतिसाता १ लाख युरोप तलब दिने प्रस्ताव गरेको छ । सो प्रस्तावमा विलियन सकारात्मक रहेको बताइएको छ ।

फ्रि टान्सफरमा विलियन भित्र्याउन आर्सनलसँगै टोटनह्याम, म्यानेचेस्टर युनाइटेड र स्पेनिस क्लब बार्सिलोना पनि लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *