वेस्टह्यामविरुद्ध आर्सनलको जित

इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। बिहीबार राति सम्पन्न खेलमा आर्सनलले वेस्टह्याममाथि २–०को जित निकाल्यो।

आर्सनलको जितमा गाब्रियल मार्टिनेली र इमिल स्मिथ रोले गोल गरे। पहिलो हाफ बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा मार्टिनेलीको गोलमा आर्सनलले अग्रता लियो । उलने अलेक्जेन्डर लाकाजेटको पासमा गोल गरेका थिए।

६७ औं मिनेटमा भ्लादमिर काउफलले रातो कार्ड पाएपछि वेस्टह्याम १० खेलाडीमा सीमित बनेको थियो। लगत्तै अर्सानलले अग्रता दोब्बर बनाउने अवसर पायो । तर, लाकाजेट गोल गर्न चुके । ६९ प्राप्त पेनाल्टीमा लाकाजेटको प्रहार वेस्टह्यामका किपरले रोकेका थिए।

खेलको ८७औं मिनेटमा स्थिम रोले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए। उनले बुकायो साकाको पासमा गोल गरेका थिए।

जितसँगै १७ खेलबाट २९ अंक जोडेको आर्सनल लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। वेस्ट ह्याम २८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।

प्रिमियर लिग अन्तर्गतकै अन्य खेलमा उल्भ्सले ब्राइटनलाई १–० ले हराएको छ भने साउथह्याम्पटन र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेलेका छन्।

Facebook Comments Box