सुआरेज चम्किँदा गेटाफेविरुद्ध एट्लेटिको पुनरागमन जित

स्ट्राइकर लुइस सुआरेज चम्किएपछि ला लिगामा डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा सुआरेजको २ गोल मद्दतमा एट्लेटिकोले १ गोलले पछि परेको अवस्था उल्टाउँदे गेटाफेमाथि २(१को जित निकाल्यो ।

घरेलु मैदानमा पहिलो हाफको अन्तिम मिनेटमा आत्मघाती गोलमा गेटाफेले अग्रता लियो। ४५औं मिनेटमा स्टेफान मित्रोभिकको हेडिङ पोस्टमा लागेर फर्किएको बल जान ओब्लाकको हातमा ठोकिँदै गोल भएको थियो।

चार्ल्स एलेना ७४औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटियो । ७८औं मिनेटमा सुआरेजले बराबरी गोल फर्काए । ९० औं मिनेटमा अन्तिम मिनेटमा सुआरेजले गोल गरेपछि एट्लेटिको विजयी भयो।

जितपछि ६ खेलबाट १४ अंक जोड्दै एट्लेटिको अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको रियल मड्रिड १३ अंकसहित दोस्रो स्थानमा छ ।

लगातार ६ खेलमा पराजित गेटाफे भने अंकविहीन हुँदै १९औं स्थानमा छ । ला लिगाकै अर्को खेलमा राभो भालेकाले एथ्लेटिक विल्वाओलाई २(१ ले पराजित गरेको छ ।

रायोको जितमा राडेमेल फाल्काओले इन्जुरी टाइममा निर्णायक गोल गरे । अर्को खेलमा सेल्टाभिगोले लेभान्टेलाई २(० ले हरायो ।

Facebook Comments Box