विपक्षीलाई टोकेका लाजियोका डिफेन्डरलाई चार खेल प्रतिबन्ध

विपक्षी खेलाडीलाई टोकेका इटालियन क्लब लाजियोका डिफेन्डर प्याट्रिकलाई चार खेलको प्रतिबन्ध लागेको छ । सिरी एअन्तर्गत मंगलबार राति लेचेविरुद्धको खेलमा जिउलियो डोनाटीलाई टोकेको कारण उनलाई चार खेलको प्रतिबन्ध गरिएको हो ।

चार खेल प्रतिबन्धसँगै प्याट्रिकलाई १० हजार युरो जरिवाना समेत गरिएको छ । डोनाटीलाई टोकेपछि रेफ्रीले २७ वर्षे डिफेन्डरलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए । घटनापछि प्याट्रिकले माफी समेत मागेका थिए । उनले इन्स्टाग्राममा खेलेका छन्, ‘मेरो व्यवहारप्रति म माफी चाहन्छु ।’

खेलको इन्जुरी समय चलिरहदा स्पेनिस डिफेन्डरले डोनाटीको काधमा टोकेका थिए । जुन खेलमा लाजियो २–१ ले पराजित भएको थियो । लेचेसँगको हारले लाजियोले शीर्ष स्थानको युभेन्ट्ससँगको अंक दुरी घटाउने मौका समेत गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *