प्रथम अग्रसर च्यालेञ्ज कप : सेभेन स्टार र कानेपाेखरीको जितसँगै सेमिफाइनल समीकरण पुरा

मोरङको सुनवर्षीमा जारी ‘प्रमथ अग्रसर च्यालेञ्ज कप २०७८’ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार भएका क्वार्टरफाइनलमा सेभन स्टार क्लब र कानेपाेखरी गाउँपालिका विजयी भएसँगै प्रतियोगिताको समीमफाइनल समीकरण पुरा भएको हो।

अग्रसर युवा सञ्जालद्वारा आयोजित नाइन ए साइड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा सेभेन स्टार क्लब, उर्लाबारीले पथरी स्पोर्टिङ क्लबसँग खेल्ने छ भने अर्को सेमिफाइनलमा कानेपोखरी गाउँपालिका र द राइजिङ स्टार क्लब भडेगोडाबीच हुनेछ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा सेभेन स्टारले बसन्त एफसी जाँतेलाई टाइब्रेकरमा पराजित गरेको थियो भने पथरी स्पोर्टिङ क्लबले हिमाल युनाइटेडलाई टाइब्रेकरमै हराएको थियो। यस्तै, द राइजिङ स्टारले आयोजक अग्रसर युवा सञ्जाललाई ३–१ले हराउँदा कानेपोखरी गाउँपालिकाले मिर्मिरे एफसीलाई १–०ले हराएको थियो।

द राइजिङ स्टार र कानेपोखरीबीचको पहिलो सेमिफाइनल असोज २५ गते हुनेछ भने सेभेन स्टार क्लब र पथरी स्पोर्टिङ क्लबबीचको खेल असोज २६ गते हुनेछ।

१६ टिम सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित ५१ हजार रुपैयाँ र उपविजेताले ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अग्रसर युवा सञ्जालका सदस्य कुमार मिश्रले जानकारी दिए।

Facebook Comments Box