एल क्लासिकोमा रियल मड्रिड विजयी

रियल मड्रिड र बार्सिलोनाका पूर्व खलाडीको ‘लेजेन्ड एल क्लासिको’मा रियल मड्रिड विजयी भएको छ। मंगलबार राति इजरायलको ब्लुमफिल्डमा भएको ‘लेजेन्ड एल क्लासिको’मा रियलले बार्सिलोमाथि ३–२को जित निकाल्यो ।

खेलमा रियलका लागि मुनिटिस, अल्फन्सो र डेल ला रेडले गोल गरेका थिए भने बार्सिलोनाका लागि रोनाल्डिन्हो र जोफ्रे माटिउले गोल गरेका थिए।

खलमा सुरुआती अग्रता बार्सिलोनाले लियो । २८औं मिनेटमा पेनाल्टीमा रोनाल्डिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाए। जाभिएर स्याभिओलाई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। ४२ औं मिनेटमा रियलका मुनिटिसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

४४ औं मिनेटमा अल्फन्सोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ६०औं मिनेट जोफ्रे माटिउले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि ७० औं मिनेटमा डेल ला रेडले गोल गर्दै रियललाई ३–२ को जित दिलाए ।

लेजेन्ड एल क्लासिको हेर्न करिब २५ हजार दर्शक मैदानमा उपस्थ्ति भएका थिए । खेलमा बार्सिलोना र रियलका ‘गोल्डेन एरा’ का खेलाडी सहभागी थिए।

बार्सिलोनाबाट मरिएनो, मिक्वेल सोलेर, जोन एन्डोनी, जेभियर, डेको, रिभाल्डो र रोनाल्डिन्हो लगायत खेलेका थिए भने रियलबाट जोर्डी कोडिना, रोबेर्टो कार्लोस, रिभेरा, एन्टोनियो नुनेज, आल्फोन्सो पेरेज, लुइस फिगो, रुबिन डे लालगायत खेलेका थिए।

यस अघि २०१७ भएको खेलमा भने बार्सिलोनाले रियललाई ३–२ ले हराएको थियो ।

Facebook Comments Box