साफ च्याम्यिनसिपमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

१३औं साफ च्याम्पियनसिप फुटबटल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार तालिका अनुसार नेपालले उद्घाटन खेलमै आयोजक माल्दिभ्सको सामाना गर्ने छ।

साफ च्याम्पियनसिपन आगामी अक्टोबर १ देखि १३सम्म माल्दिभ्समा आयोजना हुँदै छ। बंगलादेशले आयोजकबाट नाम फिर्ता लिएपछि अन्तिम अवस्थामा माल्दिभ्सले प्रतियोगिता आयोजनाको अवसर पाएको हो।

नेपाल र माल्दिभ्सबीचको खेल मालेस्थित राष्ट्रिय स्टेडिममा हुने छ। यस्तै नेपालले दोस्रो खेल अक्टोबर ३मा श्रीलंकासँग खेल्ने छ भने भारतसँग अक्टोबर ८ र बंगलादेशसँग अक्टोबर १२मा खेल्ने छन् ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी ५ देश सहभागी हुन् । कोभिडका कारण पाकिस्तान र भुटानले भने प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। लिग चरणका शीर्ष दुई टिमले अक्टोबर १३मा उपाधिका लागि भिड्ने छन्।

प्रतियोगिताका लागि नेपाली टिमले विगत डेढ महिनादेखि तयारी गरिरहेको छ। उपाधिको लक्ष्य लिएको नेपाली टिम अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा २८ खेलाडी सहभागी छन्।

प्रतियोगिताकै तयारीका लागि नेपालले आगामी भदौ १७ र २० गते भारतसँग २ मैत्रीपूर्ण खेल खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने छ।

यी हुन् बन्द प्रशिक्षणमा रहेका खेलाडीः

  • किरण चेम्जोङ
  • विकेश कुथु
  • विशाल श्रेष्ठ
  • दीप कार्की
  • अर्पण कार्की
  • सुमन अर्याल
  • दिनेश राजवंशी
  • गौतम श्रेष्ठ
  • अनन्त तामाङ
  • रोहित चन्द
  • सुरज जिउ ठकुरी
  • सुमन लामा
  • कमल थापा
  • नितिन थापा
  • तेज तामाङ
  • राजन गुरुङ
  • पूजन उपरकोटी
  • विशाल राई
  • सन्तोष तामाङ
  • सुजल श्रेष्ठ
  • सुनिल बल
  • मनिष डाँगी
  • नवयुग श्रेष्ठ
  • अभिषेक रिजाल
  • अन्जन विष्ट
  • आयुष घलान
  • शिशिर लेखी
  • आशिष लामा
Facebook Comments Box