विश्वकप छनोटमा पोर्चुगललाई आयरल्यान्डले रोक्यो, क्रोएसियाको सहज जित

Read Time:1 Minute

सन् २०२२को कतार विश्वकपको युरोपियन छनोटमा पोर्चुगल बराबरीमा रोकिएको छ। बिहीबार राति भएको खेलमा पोर्चुगललाई आयरल्यान्डले गोलरहित बराबरीमा रोकेको हो।

प्रतिस्पर्धात्मक खेलमा पोर्चुगल खेलको अन्त्यतिर १० खेलाडीमा समेटिएको थियो। उसका भेट्रान्ड डिपेन्डर पेपेले ८१औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

खेलमा पोर्चुगलले ५१ प्रतिशत बल पोजेसन बनाउँदै १२ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता आयरल्यान्डले पनि १२ सट नै प्रहार गर्दा २ सट फ्रेममा थियो।

बराबरीसँगै आयरल्यान्डको विश्वकप यात्रा टुङ्गिएको छ। समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ। गोल अन्तरका आधरामा पोर्चुगल शीर्ष स्थानमा छ।

यसैगरी बिहीबार राति नै भएको अर्को खेलमा क्रोएसियाले सहज जित निकालेको छ। उसले माल्टामाथि ७–१को जित निकाल्यो । क्रोएसियाले पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

क्रोएसियाका लागि लोव्रो माजेरले २ गोल गर्दा इभान पेरेसिच, लुका मोड्रिच, डुजे क्लेटा सार, मारियो प्लासिच र आन्द्रेज क्रामरिचले पनि गोल गरे। माल्टाका लागि क्रोएसियाकै मार्सेलो ब्रोजोभिचले आत्मघाती गोल गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट
Next post न्युजिल्यान्डका ब्याट्सम्यान डेभन कन्वेले विश्वकप फाइलन गुमाउने
Close