
२०३०को विश्वकप अयोजनाको लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेको संयुक्त दाबी
सन् २०३० विश्वकप आयोजनाका लागि दक्षिण अमेरिकी मुलुकहरु अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । आयोजनाको दाबी पेश गर्दै उनीहरुले यो चार देशको मात्रै नभइ पूरा महादेशको सपना भएको बताएका छन्।
दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) का अध्यक्ष अध्यक्ष अलेक्सान्ड्रो डोमिन्गेज पनि यो एउटा सिंगो महादेशको सपना भएको बताएका छन्।
यस्तै उरुग्वे फुटबल संघका अध्यक्षा इन्गासियाे अलाेन्साेले उरुग्वेबाट सुरु भएको विश्वकप फुटबल सय वर्षपछि पुनः घरमै फार्काउन पाउनु खुसी कुरा भएको उनले बताए। र, सही पनि भएकाे उनले बताए ।
उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो । चिलीले भने सन् १९६२ को विश्वकप आयोजना गरेको थियो । अर्जेन्टिनामा १९७८ मा आयोजना भएको हो ।
२०२२ को विश्वकप कतारमा हनेछ भने २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टुंगो लागिसकेको छ ।
सन् २०३० को विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले पनि संयुक्त आयोजनाको प्रस्ताव पेस गरिसकेका छन्।