नेपाली फुटबलमा भविष्य नदेखेपछि तीन स्टार खेलाडी विदेशिए

Read Time:1 Minute

मुख्य आयस्रोत मानिएको ए डिभिजन लिग लामो समयदेखि हुन नसक्दा फुटबलरहरू विदेशी बाध्य भएका छन्। लिग नहुँदा भविष्य देखेपछि सुरक्षित भविष्यको खोजीमा यो वर्ष मात्रै राष्ट्रिय टिमका एक दर्जन बढी खेलाडी विदेशिएका छन्।

अधिकांश खेलाडी अस्ट्रेयिया गएका छन्।

यही क्रममा सोमाबार राति मात्रै राष्ट्रिय टिमका तीन स्टार खेलाडी विदेशिएका छन्। नेपाली राष्ट्रिय टिमका नियमित सदस्य मिडफिल्डर तेज तामाङ, डिफेन्डरद्वय दिनेश राजवंशी र गौतम श्रेष्ठ सोमबार राति अस्ट्रेलिया प्रस्थान गरेका छन्।

राष्ट्रिय टिमका तीन महत्वपूर्ण सदस्य विदेशीएपछि नेपाली टिमलाई ठूलो घाटा हुने निश्चित छ। नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पु¥याउन तीनै खेलाडीको भूमिमा महत्वपूर्ण थियो।

फागुन १९ गतेबाट हुने भनिएको ए डिभिजन लिगका लागि तीनै खेलाडी नयाँ टिममा आबद्ध भएका थिए । दिनेश र तेज नवप्रवेशी क्लब चर्च बोइजमा आबद्ध भएका थिए भने गौतम संकटामा आबद्ध भएका थिए।

यसअघि राष्ट्रिय टिमकै सदस्यहरु दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा तथा शिव गुरुङ, आकाश बुढामगर, रुमेश बर्तौला र अमिर श्रेष्ठलगायतका खेलाडी अष्ट्रेलिया गइसकेका छन्।

Happy
Happy
9 %
Sad
Sad
77 %
Excited
Excited
5 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
9 %
Previous post बुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुनमा
Next post पिएसजीविरुद्ध रोनाल्डोले कप्तानी गर्ने
Close