मेसी चम्किँदा अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा कप्तान लियोनल मेसीले चम्किएपछि इक्वेडरलाई ३–०ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो।

४७औं संस्करणको कोपा अमेरिकाको फाइनल प्रवेशका लागि अब अर्जेन्टिनाले कोलम्बियासँग खेल्ने छ। आइबार बिहानै भएको खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया पनि अन्तिम ४मा पुगेको हो।

ब्राजिलको पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका तीनै गोलमा मेसीको भूमिका रह्यो। उनले एक गोल गरे भने दुई असिस्ट गरेका थिए।

४०औं मिनटमा रोड्रिगो डे पउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम ६ मिनेटमा दुई गोल थप्यो ।

८४औं मिनेटमा मेसीकै पासमा लाउटारो मार्टिनजेले गोल गर्दै अग्रता दोब्बर बनाए। यस्तै इन्जुरी समयमा मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे गर्दै अर्जेन्टिनाको जित निश्चित गरे।

इन्जुरी टाइमको दोस्रो मिनेटमा पिएरे हिनकापीले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा सीमित भएको थियो।

Facebook Comments Box