
जाभीको डेब्यू खेलमा बार्सिलोनाको कठीन जित
प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिालेनामा आफ्नो प्रशिक्षण करिअरको सुखद् सुरुआत गरेका छन्। जाभाीको डेब्यू खेलमा बार्सिलोनलो स्पाइनियोलमाथि १–०को संघर्षपूर्ण जित निकाल्यो।
बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिउको खेलमा डिपेले ४८औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए ।
पेनाल्टी बक्समा डिपेलाई लियान्द्रो काब्रेराले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। सोही अवसरमा डिपेले पेनाल्टीमा गोल गरेका थिए। त्यसपछि कुनै गोल नहुँदा बार्सिलोना विजयी भयो।
ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदा सेभिया रोकिएको छ। शनिबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनामाथि १–०को जित निकाल्दा सेभिया अलाभेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।
जितसँगै बार्सिलोना १३ खेलबाट २० अंक जोडेर नवौंबाट छैठौं स्थानमा उक्लिएको छ। यद्यपी बार्सिलोना शीर्षस्थानको सेभिया र रियल सोसिडाडसँग ८ अंकले पछि छ। पराजित स्पानियोल १७ अंक जोडेर ११औं स्थानमा छ। यता एट्लेटिको मड्रिड २६ अंकका साथ चौथो स्थानम छ।