९ गोल भएको खेलमा काठमाडौं विजयी, विराटनगरलाई ५–४ले हराउँदै काठमाडौं पुग्यो प्लेफमा

नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा भिडेका थिए, लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका दुई टिम, विराटनगर सिटी एफसी र काठमाडौं रोजर्स । खेल अपेक्षा अनुसार नै प्रतिस्पर्धात्मक रह्यो, तर स्कोर भने सबैका लागि अप्रत्यासित नै रह्यो ।

सुपर लिगका एकाध खेलबाहेक अन्यमा गोलका लागि संघर्ष भइरहेको अवस्थामा विराटनगर र काठमाडौंमाबीचको खेलमा गोलको वर्षा नै भयो । खेलमा कुल ९ गोल भयो, नतिज काठमाडौंका पक्षमा ५–४ को रह्यो ।

विराटनगर र काठमाडौंबीचको हाइस्कोरिङ म्याच रोमाञ्चकसँगै नाटकीय पनि रह्यो। खेको पहिलो हाफमा ५ र दोस्रो हाफमा ४ गोल सम्भव भयो। पहिलो हफमा ७ मिनेट अन्तरमा ४ गोल सम्भव भयो, जसमा काठमाडौंले ३ र विरागनरले १ गोल गरे।

यसै खेलमा लिगकै पहिलो ह्याट्रिक पनि सम्भव भयो । काठमाडौंका मौसुके ओलोमोउले ह्याट्रिक गरे । उनका तीनवटै गोल लगभग एकै प्रकारका रहे, सँगै उत्कृष्ट पनि। ओल्मोउकै ह्याट्रिक मद्दतमा काठमाडौंले सुरुवातमै २ गोलले पछि परेको अवस्था उल्टाउँदै जित सम्भव बनायो।

खेलको छैठौं मिनेटमा एडिलाजा सोमिडेको गोलमा विराटनगरले अग्रता लियो । ३४औं मिनेटम पेड्रो मान्जीले काठमाडौंको अफसाइड ट्रयाप बिट गर्दै किपर विकेश कुथुलाई समेत छललाएर गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाए।

त्यसको एक मिनेट नबित्दै ओलोमोउले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काए। लगत्तै ३६औं मिनेटमा ओलोमोउले नै गोल गर्दै खेललाई बराबरीमा ल्याए। ४१औं मिनेटमा स्टेफन विलोङले फ्रिकिकमा उत्कृष् गोल गर्दै काठमाडौंलाई अप्रत्यासित रुपमा ३–२को अग्रता दिलाए।

६८औं मिनेटमा ओलोमोउले गोल गर्दै लिगको पहिलो ह्याट्रिक गरे भने टिमलाई ४–२को अवस्थामा ल्याए । ७९औं मिनेटमा विराटनगरको कप्तान रञ्जित धिमाले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई ४–३को रोमाञ्चक मोडमा ल्याए ।

८३औं मिनेटमा छिरिङ गुरुङले काठमाडौंका लागि पाँचौं गोल गर्दै टिमलाई जिततर्फ डोहो¥याए । तर, इन्जुरी समयको अन्तिम मिनेटमा पड्रो मान्जीले गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन्।

विराटनगरविरुद्ध रोमाञ्चक जित निकाल्दै काठमाडौं प्लेअफमा पुगेको छ । काठमाडौं प्लेअफ पुग्ने दोस्रो टिम बनेको छ । यसअघि नै धनगढी प्लेअफमा पुगिसेको छ । ५ खेलमा १० अंकसहति दोस्रो स्थानमा रहँदै काठमाडौं प्लेअफमा पुगेको छ ।

विराटनगरलाई प्लेफअमा पुग्न अन्तिम खेलमा अंक आवश्यक छ । विराटनगरले अन्तिम खेलमा ललितपुर सिटीसँग खेल्ने छ ।

Facebook Comments Box