बन्द प्रशिक्षणका लागि महिला फुटबल टिमको घोषणा, परिनन् सावित्रा

एएफसी वुमन्स एसिया कप फुटबल प्रतियोगिताको छनोटका तयारीका लागि नेपाली महिला टिमको प्रारम्भिक छनोट गरिएको छ। नेपालमै आयोजना हुने छनोट खेलको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ सदस्यीय टिमको घोषणा गरेको हो।

गत गत वर्ष भएको राष्ट्रिय महिला लिगको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको एन्फाले जनाएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले साउन ३ गतेदेबाट ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने छन् ।

नेपाली महिला फुटबल टिमकी स्टार खेलाडी रावित्रा भण्डारीमा भने यो पटक टिममा छैनन । राष्ट्रिय लिगकै क्रममा घुँडामा चोट बोकेपछि उनी टिमबाट बाहिर रहेकी हुन् । अहिले उनी घुँडाको शल्यक्रिया गर्नकाल कतारमा छिन्। उनी करिब ६ महिना मैदान बाहिर रहने छिन्।

एसिया कप छनोटको समूह एफको खेल नेपालमै आयोजना हुने छ । जसमा नेपालसँगै हङकङ र फिलिपिन्स छन्। छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म काठमाडौंको दशरथ रंगशालामा हुनेछ।

यी हुन् प्रारम्भिक छनोटमा परेका खेलाडी ?

एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना रानामगर, सावित्री किसान, सपना राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भुजेल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, अमृता जैसी, घिम कुमारी गुरुङ, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गामगर, कविता धिमाल, सृजना खड्का, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, शिवानी कुवँर, सृजना सिंह, सविता राना, रजनी थोकर, सरस्वती हमाल, अमिषा कार्की, कुशुम खतिवडा, सलोनी राना मगर र चुम्लुंग्मा राई ।

Facebook Comments Box