सेटिनसँग रुष्ट छन् बार्सिलोनाका खेलाडी

अहिले स्पेनिस क्लब बार्सिलोनाको पदर्शन निरन्तार खस्किरहेको छ । कोरोना भाइरसका महामारीअघि शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको बार्सिलेना अहिले २ अंकले नै पछि पर्दै दोस्रो स्थानमा सीमित छ ।

निरन्तार खस्कँदो प्रदर्शनसँगे खेलाडी प्रशिक्षक क्वेक सेटिनबीच मनमुटाव सुरु भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक सेटिन र खेलाडीबीचा विवाद उत्पन्न भएको हो ।

सेल्टा भिगोविरुद्धको खेलमा सेटिनको रणनीति र खेलाडी परिवर्तनको विषयलाई लिए सेटिनमा बार्सिलोनाका सबै खेलाडी रुष्ट रहेको बताइएको छ । विभिन्न सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘उपाधिको होडमा रहेको बार्सिलोना ३१औं चरणमा बराबरीमा रोकिएपछि नै विवाद सुरुभएको हो । सबै खेलाडी प्रशिक्षकविरुद्ध एकजुट देखिएका छन् ।’

सेल्टा भिगोको मैदानमा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना २ अंक गुमाउन बाध्य भएको थियो । सो खेलमा सेटिनले मैदानमा राम्रो खेलिरहेका रुगी पुचको स्थानमा अर्थुर मेलो र सुआरेजको स्थानमा एन्टोइन ग्रिजम्यान छिराएका थिए ।

सेटिनले सुआरेजलाई ८१ र पुचलाई ८४ औं मिनेटमा परिवर्तन गरेका थिए । दुवै खेलाडी मैदानमा हुँदा बार्सिलोना २–१ले अघि थियो । दुवै खेलाडी निस्किएपछि बार्सिलोना गोल खाएको थियो ।

मैदानमा राम्रो खेलिरहेका खेलाडी परिवर्तन गरेकोमा कोचिङ स्टाफ र खेलाडी सेटिनसँग रुष्ट बनेका हुन् । खेलमा दुवै गोल सुआरेजले गरेका थिए भने मिडफिल्डमा पुचले आफ्नो प्रभाव जमाएका थिए । सुआरेज र पुचलाई परितर्वन गरेपछि खेलाडीले मैदानमा विरोध जनाएका थिए ।

खेलाडी र सेटिनबीच मनमुटाब भएपछि प्रशिक्षक परिवर्तनको विषयले पनि चर्चा पाउन थालेको थियो । स्पेनिस सुपरकपमा एट्लेटिको मड्रिडसँग पराजित भएसँगै अर्नेस्टो भाल्भार्डेलाई बर्खास्त गर्दै गत जनगरीमा बार्सिलोनाले सेटिनलाई प्रशिक्षक बनाएको थियो ।

बार्सिलोनाको प्रदर्शनमा सुधार नदेखिएपछि सेटिन बर्खास्ती पर्ने हल्ला चलेको हो । कप्तान लियोनल मेसी पनि सेटिनसँग खुसी नभएकाले सेटिन बर्खास्त हुने आँकलन धेरैले गरेका छन् । शनिबारकै खेलका क्रममा ड्रिंग्स ब्रेकमा अन्य खेलाडीलाई सल्लाह दिइरहेका सेटिनलाई मेसीले वेवास्ता गरेका थिए ।

यस्तै, क्लब व्यवस्थान र प्रशिक्षक सेटिनबीच सम्बन्ध बिग्रन थालेको देखिएको छ । ब्राजियिन मिडफिल्डर अर्थुर युभेन्ट्सलाई बेच्ने निर्णयसँगै उनले दिएको अभिव्यक्तिले पनि त्यसलाई पुष्टी गर्छ । उनले भनेका थिए, ‘उनी बार्सिलोनाका महत्वपूर्ण खेलाडी थिए । उनी जस्ता खेलाडी बार्सिलोनाले पाउन मुस्किल छ ।’

लिगमा खराब प्रदर्शन खस्किएसँगै यो सिजन बार्सिलोना उपाधिविहिन अवस्था छ । बार्सिलोनाको ला लिगा र च्याम्पियन्स लिगमा मात्र उपाधिको सम्भावना छ । ला लिगामा पनि शीर्ष स्थानमा २ अंकले पछि परेको छ र च्याम्पियन्स लिगको अन्तिम १६मा नापोलीसँग खेल्न बाँकी छ । पहिलो लेगमा १–० ले अघि रहेको बार्सिलोनाले यस्तै प्रदर्शन दोहो¥याउने हो भने दोस्रो लेगमा नापोलीलाई रोक्न निकै कठीन देखिन्छ ।

यदि बार्सिलोनाले यी दुवै मध्ये कुनै एक उपाधि जित्न पनि असफल रह्यो भने सेटिन बर्खास्तीमा पर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *