सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा, संकटाको दोस्रो जित

विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा सरस्वती युथ क्लबलाई १–०ले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीले ५ खेलमा ४ जित र १ हार बेहोर्दो १२ अंक जोडेको छ । सरस्वती भने लिगमा अंकबिहीन छ । ११ अंक जोडेको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब दोस्रो स्थानमा छ भने १० अंक जोडेको मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ ।

आर्मीलाई जित दिलाउन जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे । उनले ३०औँ मिनेटमा गरेको गोल गर्दै निर्णायक बन्यो । खेलमा आर्मीले सरस्वती क्लबलाई निरन्तर दबाब दिए पनि थप गो गर्न भने सकेन ।

तालिकाको पुछारको सरस्वतीसँगको संघर्षपूर्ण जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानले खराब मैदानका कारण खेल कठीन भएको बताए । उनले आफ्नो स्ट्राइकिङ लाइनपमा समस्या रहेको पनि बताए । यता, सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले नतिजा स्वाभाविक भएको बताए । उनले आर्मीसँगको प्रतिस्पर्धामा खेलाडीले राम्रो प्रदर्शन गरेको जनाए ।

संकटाले एपिएफलाई हरयो

संकटाले एडिभिजन लिगमा दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा विभागीय टिम एपिएफलाई ४–२ ले हराउँदै संकटाले दोस्रो जित निकालेको हो । संकटाको जितमा अजयी मार्टिन्सले दुई गोल गरे । प्रतिबन्धपछि फर्किएका लक्ष्मण रुचाल र कर्ण लिम्बूको नाममा समान एक गोल रह्यो ।

१९औँ मिनेटमा लक्ष्मणले संकटालाई अग्रता दिलाए । ४४औँ मिनेटमा कर्णले गोल गरेपछि पहिलो हाफमा संकट २–०को अग्रता लियो । दोस्रो हाफको ५३औँ मिनेटमा मार्टिन्सले गोल गरेपछि संकटाले ३–० को अग्रता लियो ।

त्यसपछि एपिएफले लागतार २ गोल गर्दै संकटालाई दबाब दिएको थियो । ५६औं मिनेटमा नवीन लामा र ७२औं मिनेटमा आशिषले गोल गरेपछि एपिएफलाई ३–२ को अवस्थामा ल्याएका थिए । तर, खेलको ८८औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दा संकटाले खेल ४–२ ले जित्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.