ए डिभिजन लिगफुटबलराष्ट्रिय फुटबल

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा क्लबले तत्काल खेलाडी रिलिज नगर्ने

आसन्न साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। तर, ए डिभिजन क्लबहरुले तत्काल खेलाडी उपलब्ध नगराउने भएपछि राष्ट्रिय टिमकोबन्द प्रशिक्षण प्रभावित हुने भएको छ।

बन्द प्रशिक्षण सुरु गर्ने लक्ष्यसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार राति ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए।

ए डिभिजन लिगका १० क्बलले बिहीबार विज्ञप्ति निकाल्दै लिग सकिएपछि मात्रै राष्ट्रिय टिमका लागि खेलाडी रिलिज गर्ने जनाएका छन्। लिगमा अझै ३ चरणका खेल बाँकी छ।

यस्तै १० क्लबका पदाधिकारीको बैठकले जारी लिगमा खेलाडी र पदाधिकारीले कालो पट्टि बाधेर खेललाई निरन्तरता दिने निर्णय गरेको छ।

लिगको दोस्रो किस्ताको तयारी खर्च, म्याच मनि, म्याच बल, खेलाडीले पाउनु पर्ने म्यान अफ दि म्याच रकम एन्फाले अहिलेसम्म नदिएपछि विरोध स्वरूप क्लबहरुले यस्तो निर्णय गरेका हुन्।

एन्फाले ए डिभिजन क्लबलाई तयारी खर्च स्वरूप पहिलो किस्तामा १५ लाख उपलब्ध गराएको थियो भने दोस्रो किस्तामा १० लाख रुपैयाँ अझैसम्म उपलब्ध गराएको छैन।