ए डिभिजन फुटसल लिग साउन तेस्रो साताबाट

पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिग साउन तेस्रो साताबाट सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको लिग अखिल नेपाल फुटबल (संघ) एन्फाले साउन २३ गतेबाट गर्ने भएको हो।

यसअघि जेठ १ देखि २२ सम्म हुने भनिएको फुटसल लिग कोरोना महामारीको कारण स्थगित गरिएको थियो । प्रतियोगिताका पोखराको बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने छ ।

लिगमा छनोट चरण पार गरेका १० टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि एन्फाले विभिन्न प्रदेशबाट टिम छनोट गरेको छ । जसमा प्रदेश १बाट २, बागमतिबाट ४, गण्डकीका २ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका संयुक्त रुपमा २ टिम सहभागी छन्।

लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । यस प्रतियोगिताबाट एएफसी फुटसल कप क्वालिफायरका लागि नेपालको राष्ट्रिय फुटसल टोलीका खेलाडी छनोट गरिने जनाइएको छ ।

यी हुन सहभागी टिम

प्रदेश १ : फुटसल फाइभ धरान र द राइजिङ क्लब धरान ।

बागमती : ढुकु फुटसल हब, शंखमूल फुटसल, प्रभातफेरी युथ क्लब र स्काई गोल फुटसल।

गण्डकी : स्पोट्र्स क्यासल, सविन मेमोरियल फुटसल क्लब ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम : लुम्बिनी फुटसल र झरना स्पोट्र्स क्लब ।

Facebook Comments Box