ए डिभिजन क्लबलाई अनुदान रकम दिँदै महानगर

काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष ए डिभिजन क्लबलाई उपलब्ध गराउँदै आएको अनुदान रकम आज विरतण गर्ने भएको छ । महानगरले नगरक्षेत्रभित्रका ६ ए डिभिजन क्लबलाई प्रत्येक वर्ष १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

कोरोना भाइरसको महमारीका कारण क्लबलाई अनुदान उपलब्ध गराउन ढिला भएको नगरले जनाएको छ । महानगरले सामान्य कार्यक्रम गरेर अनुदान हस्ताक्षण गरिने जनाएको छ । अनुदान पाउने ए डिभिजन क्लबमा मछिन्द्र क्लब, संकटा, हिमालयन शेर्पा, मनाङ मस्र्याङ्दी, काठमाडौं खेल मण्डल र सरस्वती युथ क्लब छन् ।

यस्तै महानगरले एका साथै बी र सी डिभिजन क्लबलाई पनि अनुदान रकम उपलब्ध गराउने छ । ए डिभजिन क्लबलाई अहिले नै रकम उपलब्ध गराउने भएपनि बी र सी डिभिजनका क्लबले अनुदार रकम अर्को वर्षमात्र पाउने छन् ।

ए डिभिजन क्लबले १० लाख, बी क्लबले ३ लाख र सी डिभिजन क्लबले २ लाख रुपैयाँ अनुदान रकम महानगरबाट पाउने छन् । अनुदान लिएका क्लबले जर्सीमा महानगरपालिको लोगो प्रयोग गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP