ए डिभिजन लिग ६ महिनासम्म गर्ने एन्फाको तयारी

अखिल नेपाल फटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग ६ महिनासम्म आयोजना गर्ने तयारी गरेको छ। एन्फाले असोज पहिलो साताबाट लिग सुरु गरेर फागुन सक्ने तयारी गरेको छ।

एन्फाले क्लबहरुसँग असोज ३ बाट ए डिभिजिन लिग सुरु गर्न प्रस्ताव गर्ने तयारी गरेको छ। एन्फाले क्लबहरुसँग छलफल गरेर लिगको मिति चाँडै तय गरिने जनाएको छ।

ए डिभिजल लिगका सन्दर्भमा एन्फाले सोमबार क्लब पदाधिकारीहरुसँग छलफल गर्दै छ। सोही छलफलबाट लिगको मिति तय हुन सक्ने बताइएको छ।

Facebook Comments Box