ए डिभिजन लिग असोज ३ बाट, ६ महिनासम्म चल्ने

सहिद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ए डिभिजन क्लबहरुसँग छलफल गर्दै लिग असोज ३ गतेदेखि आयोजना गर्ने निर्णय गरेको हो।

क्लबहरुसँगको छलफलमा असोज ३ गतेदेखि लिग आयोजना गर्ने सहमति भएपछि एन्फाले साउन १५ गतेदेखि खेलाडी दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। कोरोना महामारी कामयै रहेकाले लिगका विषयमा अन्य निर्णय पछि गरिने एन्फाले जनाएको छ।

ए डिभिजन लिग ६ महिना गराउने तयारी गरको एन्फाले लिग सकिने मिति भने तय गरेको छैन।

राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपमा भाग लिने खेलाडी भने प्रतियोगिता सकिएपछि मात्रै क्लबबाट खेल्ने पाउनेछन्। साफ च्याम्पियनसिप यसअघि १४(२५ सेप्टेम्बरलाई तोकिएपनि मिति केही अघि सार्ने प्रस्ताव गरिएको छ।

साफले अगष्टको अन्तिम साता प्रतियोगिता शुरु गरेर सेप्टेम्बर पहिलो सातामा प्रतियोगिता समापन गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गरेको हो।

ए डिभिजन लिग मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी, थ्री स्टार, फ्रेन्ड्स, च्यासल युथ क्लब, हिमालय शेर्पा, न्युरोड टिम (एनआरटी), नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, ब्रिगेड ब्बोइज, संकटा क्लब छन्।

Facebook Comments Box