ए डिभिजन लिगफुटबल

जावलाखेलमाथि एपिएफको जित

ए डिभिजन लिगमा विभागीय टिम एपिएफ विजयी भएको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपिएफले जाउलाखेललाई २–० ले हरायो ।

२३औं मिनेटमा अर्मान्ड बेउडमले गोलमा खेलमा एपिएफले अग्रता लियो । पहिलो हाफकै इन्जुरी समयमा आवास लामिछानेले गोल गर्दै एफिएफलाई २–०को अग्रता दिलाए।

खेलको ८४औं मिनेटमा एपीएफका कप्तान नविन लामा र जाउलाखेलका अब्दुलाजिज निशानबाएभले रातो कार्ड पाएपछि दुवै टोली दश खेलाडीमा समेटिएका थिए।

त्यसपछि खेलमा गोल नहुँदा एपिएफ २–०ले विजयी भयो।

२२ खेलबाट टोली ३४ अंकसहित तेस्रो स्थानमै छ। एक खेल कम खेलेको लिग लिडर चर्च ब्वाइज भन्दा जावलाखेल ४ अंकले पछि छ।