ए डिभिजन लिगफुटबल

७ बराबरीपछि मनाङको जित, रेलिगेन खतरा टर्दै

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लागतार ७ बराबरीपछि पहिलो जित निकालेको छ। आइतबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङले थ्री स्टारमाथि १–०को जित निकाल्यो ।

मनाङको जितमा चेतनकुमार थारुले निर्णायक गोल गरे। उनले ३८औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा मनाङ विजयी भयो।

लागतार ७ बराबरीपछि मनाङलाई रातहत भएको छ। लगातार ७ बराबरी खेलेपछि मनाङमाथि रेलिगेसन दबाब परेको थियो ।

लिगमा छैठौं जित निकालेको मनाङ २८ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ। थ्री स्टार भने २६ अंकसहित ११औं स्थानमा छ।