राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ। आइतबार च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ले हरायो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६३औं मिनेटमा निकोलस सङले गोलमा एनआरटीले सुरुआती अग्रता लियो। त्यसको ५ मिनेटपछि नै एनआरटीले अग्रता दोब्बर बनायो । ६७औं मिनेटमा उसका सनम लिम्बुले गोल गरेका थिए।
७७ औं मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहँदा एनआरटी २–१ले विजयी भयो।
जितसँगै एनआरटी २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ भने २९ अंक नै भएको सातदोबाटो छैटौं स्थानमा छ।