सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब विजयी भएको छ। लिगमा २३औं चरणमा जित निकालेसँगै उपाधि होडमा शीर्ष स्थानको चर्च बोइजलाई दबाबमा राखेको छ।
अब चर्च बोइज र मछिन्द्रबीच २ अंकको मात्र दुरी छ। समान २३ खेलमा चर्च बोइजको ४१ अंक छ भने मछिन्द्रको २९ अंक छ । लिगमा चर्च बोइजले ११ जित र ८ बराबरी खेल्दा मछिन्द्रले १० जित र ९ बराबरी खेलेको छ।
यता, २९ अंक जोडेको सातदोबाटो छैठौं स्थानमा छ।
शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबमाथि ३–१को जित निकाल्यो। मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे भने सातदोबाटोका जोर्डन पुनमगरले गोल गरे।
१७औं मिनेटमा आफिजको गोलमा मछिन्द्र अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा आफिजले नै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए।
५६ मिनेटमा आफिजले ह्याट्रिक पूरा गरे। ८४ औं मिनेटमा जोर्डनले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे । तर, त्यसपछि गोल नहुँदा मछिन्द्र ३–१ ले विजयी भयो।