सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा मनाङ पुछारमा रहेको एफसी खुमलटारमाथि १–०को संघर्षपूर्ण जित निकालेको हो।
यो जितपछि मनाङ नवौं स्थानबाट एकै पटक पाँचाैं स्थानमा उक्लिएको छ। २३ खेलमा मनाङको ३१ अंक भएको छ । यो शीर्ष स्थानको चर्च बोइजभन्दा १० अंक कम हो।
यता, लिगका ३ चरणका मात्र खेल बाँकी छँदा खुमलटारमाथि भने रेलिगेसन दबाब झन बढेको छ। उ २४ अंकसहित पुछारमा छ।
निकै प्रतिस्पर्धातमक बनेको खेलमा जित निकाल्ने मनाङले इन्जुरी समयसम्म कुर्नुपरेको थियो । बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयमा रोशन रानामगरले निर्णायक गोल गरे। उनले डिबक्स बाहिरबाट गोल गरेका थिए।
रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको खुमलटारले गोल गर्ने सुनौलो अवसर खेर फालेको थियो । ५५औं मिनेटमा प्राप्त पेनाल्टीमा उसका एलन थापा गोल गर्न चुके। उनको प्रहार मनाङको गोलकिपर दीप कार्कीले बताए। रमेश थापाले डिबक्समा श्याम मुर्मुलाई लर्डापछि खुलटारले पेनाल्टी पाएको थियो।
आफ्ना दुई स्टार स्ट्राइकर विना मनाङविरुद्ध खेल्नु परेपछि खुमलटार दबाबमा परेको थियो । वर्कपर्मिट नपाउँदा उसका स्टेफल बिनाङ र मेसुके ओलोमोउ खेल्न पाएका थिएनन्।