ए डिभिजन लिगफुटबल

सकिनै लाग्दा ए डिभिजन लिगले पायो मुख्य प्रायोजक

सहिद स्मारक ए डिभिजन लिग अन्तिम चरणमा छ। लिगका अब १० खेल मात्र बाँकी छ।

लिगको अन्तिम चरणमा पुग्दा लिगको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बल्ल लिगको मुख्य प्रायोजक पाएको छ।

लिगले च्याम्पियन पाइसकेको छ। मंगलबार भएको खेलमा थ्री स्टार क्लबसँग बराबरी खेल्दै चर्च बोइज युनाइटेड एक खेल अगावै च्याम्पियन बनेको थियो।

एन्फाले राखेको प्रस्ताव कतार एयरवेजले स्वीकार गरेपछि लिग सकिनै लाग्दा लिगले मुख्य प्रायोजक पाएको हो। एन्फाको प्रस्ताव स्वीकार गरेसँगै ए डिभिजन लिगले २ सिजिनका लागि मुख्य प्रायोजक पाएको हो।

कतार एयरवेजले यो सिजका लागि ५० हजार अमेरिकी डलर र आगामी सिजनका लागि १ लाख ५० हजार अमेरिकी डलर मुख्य प्रायोजक वापत एन्फालाई दिनेछ।