च्यासलमाथि सातदोबाटोको जित, फेन्ड्स र हिमालयनले खेले बराबरी

Read Time:2 Minute

सहिद स्मारक ए डिभजिन लिगका १३औं चरण आर्थत अन्तिम चरणका खेलाहरु आजबाट सुरु भएको छ । पहिलो दिन दुई खेल भए, ती दुई मध्ये एक खेलमा स्पष्ट नतिजा निस्कँदा अर्को खेल बराबरीमा सकियो ।

बिहीबार भएको पहिलो खेलमा फ्रेन्ड्स र हिमालयन शेर्पाले बराबरी खेल्दो दोस्रो खेलमा सेलिगेसनमा परिसकेको च्यासल युथ क्लब सातदोबाटोसँग पराजित भयो ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० ले हरायो । उसका लागि मार्टिन्स अजयीले सातौं मिनेटमा निर्णायक गोल गरे ।

यस जितसँगै सातदोबाटोले लिगमा सुखद अन्त्य गरेको छ । सातदोबाटो लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । सातदोबाटोले १३ खेलमा २१ अंक जोडेको छ । च्यासल भने यसअघि नै रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भएको छ। उसले लिगमा ६ अंकमात्र जोड्न सक्यो।

यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा फ्रेन्ड्स र हिमालयन शेर्पा क्लब १–१को बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलको ७३औं मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो। तर, ८९औं मिनेटमा विसन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए।

यो बराबरीसँगै शेर्पाले लिगको १३ खेलबाट १४ अंक जोड्यो। फ्रेन्ड्सको १३ खेलबाट ११ अंक जोड्दै १२औं स्थानमा लिगको अन्त्य गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साफ यू–१८ महिला च्याम्पियनसिपका नेपाली टिमले थाल्यो प्रशिक्षण
Next post आयरल्यान्डलाई हराउँदै युएईले जित्यो ग्लोबल छनोटको उपाधि
Close