४ दिनपछि सर्‍यो ए डिभिजन लिग, अब मंसिर ३ बाट

Read Time:1 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगताको मिति सारेको छ। एन्फाले लिगको मिति ४ दिन पछि सारेको हो।

कात्तिक २९ गतेबाट सुरु हुने भनिएको लिग अब मंसिर ३ बाट सुरु हुनेछ । १४ टिम सहभागी लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। उद्घाटन खेल फ्लर्ड लाइटमा हुनेछ।

घिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुनेछ। मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग हुनेछ। यो पटकबाट लिग पोखरा रंगशालासँगै दरशद रंगशाला, च्यासल मैदान, एन्फा कम्प्लेकस र दरशथ रंगशालामा आयोजना हुँदैछ।

करिब चार महिना चल्ने लिगमा १३ राउन्डमा कुल ९१ खेल हुनेछ। लिगको विजतोले ७५लाख र उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै तेस्रो हुने टिमले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन लिग कान्तिपुर टिभीबाट प्रत्यक्ष प्रशारण हुने
Next post ए डिभिजन लिग सातामा तीन दिन मात्र हुने
Close