ए डिभिजन लिगको पुरस्कार रकम बढ्यो, विजेतालाई ७५ र उपविजेतालाई ५० लाख

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको पुरस्कार रबम बढाएको छ। कात्तिक २९ गतेटबट सुरु हने लिगको विजतोले ७५लाख र उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै तेस्रो हुने टिमले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

शुक्रबार आयोजित ड्र सार्वजनिक कार्यक्रममा एन्फाले यो पटकबाट पुरस्कार रकम बढेको घोषणा गरेको हो । यसअघि लिग विजतोले ५० र उपजिेताले ३५ लाख रुपैयाँ पाउँदै आएका थिए।

यस्तै, एन्फाले यो पटकबाट प्रत्येक खेलको विजेतालाई पुरस्कार दिने घोषणा गरेको छ। एन्फाका अनुसार प्रत्येक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन्। भने खेल बराबरीमा सकिए दुवै टिमले २५÷२५ रुपैयाँ प्राप्त गर्ने छन्।

यो पटकको लिगमा पूर्ण क्षमतामा दर्शक उपस्थितिलाई अनुमति दिइने एन्फाले जनाएको छ । तर, उसले टिकट मूल्य भने तोकिएको छैन।

Facebook Comments Box