सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीमाथि १–०को जित निकाल्यो।
पुलिसलाई जित दिलाउन मोसेस ग्याबह ट्वुमले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मोसेसले ७५औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा पुलिस विजयी भयो।
लिगका खराब सुरुआत गरेको पुलिस एनआरटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। १० जित र ३ बराबरी खेलेको पुलिसले ३४ अंक जोडेको छ । २३ खेलमा २९ अंक जोडेको एनआरटी २९ अंकसहित नवौं स्थानमा छ।
यस्तै, बिहीबार नै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले गोलरहित बरारबी खेल्दै अंक बाँडे। फ्रेन्ड्सले २५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ भने हिमालयन शेर्पा ३० अंकसहित छैठौं स्थानमा उक्लिएको छ।