आहा रारा गोल्डकप फागुन अन्तिम साता

आहा रारा गोल्डकप फुटबल प्रतियोतिगाको १८औं संस्करण फागुन अन्तिम साताबाट सुरु हुने भएको छ । साहरा क्लबको आयोजनले गर्दै आएको प्रतियोगिताको १८औं संस्करण फागुन २२ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजन क्लब, मोफसलका टिम र आयोजक सहारा क्लब पोखरा गरी १० टिम सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता सञ्चालनका लागि करिब ९९ लाख ३८ हजार ५ सय रुपैयाँ लाग्ने आयोजक साहरा क्लबले जानकारी दिएको छ । साथै क्लबले १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य समेत लिएको छ ।

साहरा क्लबलले विगत १९ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ । वि.संं २०५८ मा क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता दोस्रो वर्षदेखि आहा रारा गोल्डकपको नामबाट हुँदै आएको छ ।

थ्री स्टार क्लब प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । उसले फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको थियो । आहा रारा गोल्डकप नेपाल पुलिस क्लबले सर्वाधिक ६ पटक जितेको छ भने मनाङ मस्र्याङ्दी र थ्री स्टारले समान ५ पटक जितेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.