थ्री स्टारमाथि पुलिसको सानदार जित, सेमिफाइनलमा अफ्रिकन रुट्सँग खेल्ने

विभागीय टिम नेपाल पुलिस क्लबले पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकपमा उत्कृष्ट सुरुवात गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई ४–०ले हराउँदै पुलिसले प्रतियोगितामा सादनर जित निकालेको हो।

जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। अब पुलिसले फाइनल प्रवेशका लागि अफ्रिकन रुट युनाइटेडसँग खेल्ने छ। रुट मछिन्द्र क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो।

सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले २९ औं मिनेटमा बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो।

६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो। सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे। तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस थ्री स्टारमाथि सहज जित निकाल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *