आहा रारा पोखरा गोल्डकप : अञ्जन र अनन्त चम्किँदा चर्च बोइजले दाबेदार पुलिसलाई हरायाे

Read Time:2 Minute

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा भर्खरै बढुवा भएको ए डिभिजन क्लब चर्च बोइजले उत्कृष्ट सुरुआत गरेको छ। आसन्न लिगका लागि स्टार राष्ट्रिय खेलाडी भित्र्याएको चर्च बोइजले शुक्रबार पोखरा रंगशालामा भएको खेलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–१ले हरायो।

यसै सिरिज ए डिभिजन लिगमा बढुवा भएको चर्चा बोइजले नेपाली राष्ट्रिय टिमका स्टार खेलाडी अनुबन्धन गरेको छ। उसले स्ट्राइकर अञ्जन विष्ट, डिफेन्डरद्वय अनन्त तामाङ र दिनेश राजवंशी, एरिक विष्ट र तेज तामाङलाई अनुबन्धन गरेको छ।

खेलमा प्रभाव पनि यिनै खेलाडीको प्रभाव रह्यो। चर्च बोइजको जितमा अञ्जन विष्ट र अनन्त तामाङले गोल गरे। यता, पुलिसका रविशंकर पासवानल गोल गरे।

खेलमा सुरुआती अग्रता पुलिस क्लबले लियो। २५औं मिनेटमा उसका रवि पासवानले निरकुमार राईको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा १ गोलले पछि परेको चर्चा बोइजले दोस्रो हाफमा भने उत्कृष्ट खेल पस्कियो। दोस्रो हाफको सुरुआतबाटै पुलिसलाई दबाबमा राखेको उसले ७७औं मिनेटमा बराबरी गोल ग¥यो । उसका अञ्जन विष्टले गोल गरेका थिए। अञ्जन केही अगाडि मात्रै मनाङ मर्स्याङ्दी छाड्दै चर्च बोइज आएका हुन्।

बराबरी तर्फ उन्मूख खेलको अतिरिक्त समयमा चर्च बोइजले अग्रता लियो । अतिरिक्त समयको आठौं मिनेटमा तेज तामाङको कर्नरमा अञ्जन विष्टले हेडिङमार्फत दिएको पासलाई सदुपयोग गर्दै अनन्त तामाङले गोल गर्दै टिमलाई जित दिलाए।

Happy
Happy
88 %
Sad
Sad
13 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल टि–२० लिग : पाँच खेलपछि पोखराले निकाल्यो पहिलो जित
Next post बेलिङ्घम भित्र्याउन औपचारिक प्रस्ताव गर्दै रियल
Close