
मनाङ आहा–रारा पोखरा गोल्डकपको पहिलो खेलमै पराजित
सिनियर खेलाडीहरुले टिम छाडेपछि युवा खेलाडीहरुलाई समेटेको नेपाली फुटबलको सफल टिम मनाङ मर्स्याङ्दी क्लब आहा–रारा पोखरा गोल्डकपको पहिलो खेलमै पराजित भएको छ। मंगलबार पोखरा रंगशालामा भएको खेलमा मनाङ भुटानी शरणार्थीहरुको टिम अमेरिकी टिम भुटनिज युथ स्पोटर्स क्लब (बिवाईएससी)सँग १–०ले पराजित भयो।
प्रतियोगिताको ६ पटकको मनाङलाई स्तब्ध बनाउने क्रममा बिवाईएससीका प्रविण बस्नेतले निर्णायक गोल गरे। उनले खेलको १७औं मिनेटमा हेक्टर ओर्टेगाका पासमा गोल गरेका थिए ।
खेलमा १ गोलले पछि परेपछि मनाङले गोलका थुप्रै अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन्।
हारससँगै किरण श्रेष्ठले मनाङमा आफ्नो प्रशिक्षकको यात्राको थालनी गरेका छन्।
मनाङले नयाँ सिजनका लागि दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन, मानबहादुर तामाङ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, विसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल र रोशन रानामगर अनुबन्धन गरेको छ।