आहा–रारा पोखरा गोल्डकप पिएफमाथि सानदार जित निकाल्दै संकटा फाइनलमा

Read Time:1 Minute

संकटा क्लब २२औं संस्करणको आहा–रारा पोखरा गोल्डकपमा फाइनल प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा साविक विजेता विभागीय टोली एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै संकटा फाइनल पुगेको हो ।

विभागीय टिमविरुद्ध संकटालाई सानदार जित दिलाउन मेसुके ओलोमोउ र स्टेफेन बिनोङले समान २ गोल गरे । एपीएफका लागि हरि कार्कीले १ मात्र गोल गरे ।

संकटाले खेलमा सुरुबाट नै दबाब बनाएको थियो । संकटाका लागि बिनोङले खेलको चौंथो मिनेटमै गोल गरेका थिए । पछि मेसुकीले ४०औं मिनेटमा गोल गरे भने बिनोङले पनि ६०औं मिनेटमा गोल गरे ।

एपीएफले ७३ औं मिनेटमा गोल फर्काए पनि मेसुकीले ८५औं मिनेटमा गोल गरेपछि संकटाले सहजै खेल जित्यो । संकटाले फाइनलमा चर्च ब्वाइज र भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।

Happy
Happy
25 %
Sad
Sad
25 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %
Previous post क्यानले सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गर्ने
Next post दोस्रो उमा राष्ट्रिय करातेमा सुनील र नीमा सर्वोत्कृष्ट
Close