आर्सनलले भित्र्यायो गोलकिपर रामस्डेल

Read Time:1 Minute

आर्सनलले युवा गोलकिपर आरोन रामस्डेललाई अनुबन्धन गरेको छ। आर्सनलले युरोकप फाइनलिस्ट गोलकिपर रामस्डेललाई ३५ मिलियन युरोमा सेफिल्ड युनाटेडबाट अनबुन्धन गरेको हो।

२३ वर्षीय रामस्डेलले लन्डन क्लबसँग ४ वर्षको सम्झौता गरेका हुन्। अब उनी सन् २०२५ सम्म आसर्नलनमा रहने छन्। सेफिल्ड यसै सिजन शीर्ष डिभिजनबाट रेलिगेसनमा परेको थियो।

रामस्डेल सेफिल्डकै एकेडेमीका उत्पादन हुन्। उनी सन् २०१७मै सेफिल्डबाट बोर्नेमाउथ पुगेका थिए । त्यसपछि सन् २०२०मा बोर्नेमाउथ शीर्ष डिभिजनमा रेलिगेसनमा परेपछि रामस्डेल पुनः सेफिल्ड फर्किएका थिए।

बोर्नेमाउथमै रहँदा उनले दुई सिजन लोनमा लिग २ क्लब चेस्टरफिल्ड र लिग वान क्लब एएफसी विम्बल्डनबाट पनि खेलेका थिए । बोर्नेमाउनमा उनले ३७ खेल खेलेका थिए । ती सबै सन् २०१९÷०२०मा थियो। यस्तै उनले सेफिल्डबाट ४४ खेल खेलेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इपिएल हिमालय टेलिभिजनमा हेर्न सकिने
Next post चेल्सीका पुलिसिचलाई कोरोना संक्रमण, लन्डन डर्बी गुमाउने
Close