आयुषले थ्री स्टारबाट ए डिभिजन लिग खेल्ने

नेपाल सुपर लिगबाट उदाएका युवा विंगर आयुष घलान थ्री स्टार क्लबमा आबद्ध भएका छन् । असोज ३ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि आयुष ललितपुरे क्लब थ्री स्टारमा आबद्ध भएका हुन्।

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलान ललितपुरे क्लब थ्री स्टारमा आबद्द भएका छन् ।

गत वैशाखमा भएको पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा पनि परेका थिए । उनले विश्वकप र एसिया कपको दोस्रो चणको छनोटको अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

खुमलटार युथ क्लबबाट बी डिभिजन लिग खेलेका आयुषले मोफसलका नकआउट प्रतियोगिता संकटा क्लबबाट खेलेका थिए । संकटाले आहा–रारा गोल्डकप उपाधि जित्दा आयुषले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सोही प्रदर्शनका आधारमा आयुषलाई पोखरा थन्डर्सले स्थायनी खेलाडीको कोटामा क्लबमा लिएको थियो।

Facebook Comments Box