मैत्रीपूर्ण खेल सकिए लगत्तै कतार लागे अल्मुताइरी

भारतविरुद्धको २ मैत्रीपूर्ण खेल सकिएलगत्तै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार गएका छन्। साफ च्याम्पियनसिपअघि नेपाली टिमले कतारमै बन्द प्रशिक्षण गर्ने भएकाले अल्मुताइरी कतार लागेको एन्फाले जनाएको छ।

बन्द प्रशिक्षणका लागि नेपाली टिम भदौ २५ गते कतार जाने छ। नेपाली टिम कतार जानुअघि रेस्ट रहेकाले अल्मुताइरी मैत्रीपूर्ण खेल सकिएलगत्तै कतार गएका हुने।

साफ च्याम्पियनसिपकै तयारी लागि खेलिएको २ मैत्रीपूर्ण खेलमध्ये पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो खेल भारतले २–१ले जितेको थियो।

कतार बन्द प्रशिक्षण गरेर नेपाली टिम उत्तैबाट साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने छ। साफ च्याम्पियनसिप असोज १५बाट सुरु हुने छ।

नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग १५ असोजमा खेल्ने छ भने दोस्रो खेल असोज १८मा श्रीलंकासँग खेल्ने छ। यस्तै, नेपालले तेस्रो खेल भारतसँग असोज २४मा हुने छ भने बंगलादेशसँग २७ असोजमा अन्तिम खेल खेल्नेछ।

Facebook Comments Box