
मोरिससविरुद्धको खेल नतिजाका लागि भन्दा खेलाडीलाई एक्सपोजर दिनका लागि हो : अलमुताइरी
Read Time:1 Minute
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मोरिससविरुद्ध आफू नतिजामा केन्द्रित नहुने बताएका छन् । एन्फा डटकमसँगको कुराकानीमा अलमुताइरीले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा आफू खेलाडीलाई एक्सपोजर दिन केन्द्रित रहेको बताएका छन्।
सोही अनुसार प्रशिक्षक अलमुताइरीले २ खेलका लागि फरक फरक २ टिम घोषणा गरेका छन्। जसमा ९ नयाँ अनुहार पनि परेका छन्। उनले मरिससविरूद्धको दुई मैत्रीपूर्ण खेलमा नतिजाभन्दा पनि राम्रो प्रदर्शनको अपेक्षा राखेको बताएका छन्।
‘म खेलाडीले अन्तर्राष्ट्रिय खेलमा एक्सपोजर पाओस् भन्ने चाहन्छु । यसले उनीहरूलाई थप अनुभव दिएर भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ । म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरेको छु,’ अलमुताइरीले भने।