
‘खेलाडीमाथि क्रुरता नदेखाइयोस्, हारको जिम्मा म लिन्छु’
नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा अफ्रिकी मुलुक मौरिसविरुद्ध मैत्रीपूर्ण खेल खल्दैछ । खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २ फरक फरक टिम घोषणा गरेका छन्।
मोरिससविरुद्धको खेल जित हार लागि भन्दा पनि खेलाडीलाई एक्पोजरका लागि महत्वपूर्ण हुने बताएका अलमुताइरीले बिहीबार सामाजिक सञ्जालमार्फत खेलमा नेपाल पराजित भए त्यसको सम्पूर्ण जिम्मा आफ्नो भएको बताएका छन्।
उनले लेखेका छन्– ‘मरिससको राष्ट्रिय टोलीसँग हाम्रो दुई खेल हुनेछन र सधैझै हरेक खेलमा जित हात पारे खेलाडीहरु प्रशंसाको हकदार हुनेछन भने हार भएको त्यसको दोष केवल ममाथि मात्रै हुनेछ । हाम्रो उदेश्य भनेको खेलाडीहरुमाथि कुनै प्रकारको क्रुरता नदेखाइयोस् भन्ने हो ।’
मोरिससविरुद्धको खेलका लागि अलमुृताइरीले राष्ट्रिय टिममा ९ नयाँ अनुहारलाई ल्याएका छन् । यस्तै, उनले भेट्रान मिडफिल्डर जगजित श्रेष्ठ र विमल घर्तिमगरलाई पनि टिममा समावेश गरेका छन्।
माघ १५ र १८ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकेको छ। खेल हेर्न एक तिहाइ दर्शकमात्र रंगशालामा उपस्थित हुन पाउनेछन्।