
घरेलु मैदानमा पहिलो जितपछि अलमुताइरीले भने– खेलाडीहरुले मुटुले खेलेर जिते, तर सन्तुष्ट छैन
प्रशिक्षकका रुपमा घरेलु मैदानमा पहिलो जित हात पारेपछि अब्दुल्लाह अलमुताइरी खुशी देखिए । पोस्ट म्याच कन्फ्रेन्समा अलमुताइरीले नेपालले राम्रो खेलेको भन्दै खेलाडीको तारिफ गरे ।
उनले खेलाडीले मुटुले खेलेर जित निकालेको प्रतिक्रिया पनि दिए । तर, उनले आफू प्रदर्शनबाट पूर्णरुपमा सन्तुष्ट भने नभएको बताए ।
‘हामी राम्रो खेल्यौं, गोलका चार अवसर सिर्जना ग¥यौं । त्यसमध्ये १ मात्र गोल भयो । तीन सुन्दर अवसर खेर गयो, त्यसैले पूर्ण सन्तुष्ट छैन,’ अलमुताइरीले भने।
उनले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार खेलेका केही खेलाडी परिवर्तन गर्ने बताएका छन् । उनले मैत्रीपूर्ण खेल महत्वपूर्ण भए पनि आफूहरुको लक्ष्य एसिया कप र विश्वकप छनोट रहेको बताए ।
पत्रकार सम्मेलनमा अलमुताइरी शनिबार निर्णायक गोल गरेका विमल घर्तिमगरको प्रसंशा गरे । उनले भने, ‘विमलले आज राम्रो खेले, गोल पनि गरे । तर, उनले अझै आशा गरेअनुसार खेल्ने सकेनन् । उनी टिमका निकै महत्वपूर्ण खेलाडी हुन् ।’