कुशल प्रशिक्षण गरेको भन्दै प्रधानमन्त्रीले दिए अलमुइरीलाई बधाई

Read Time:1 Minute

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई बधाई दिएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजिक महिला भलिबल टिमलाई सम्मान गर्ने कार्यक्रममा अलमुताइरीलाई पनि सम्मान गर्दै देउवाले उनको प्रसंशा गरेका हुन्।

प्रधानमन्त्री देउवाले खेलाडीलाई उत्कृष्ट प्रशिक्षण दिइ नेपाली फुटबललाई सफलता दिलाएको भन्दै मुख्य प्रशिक्षक अलमुताइरीलाई धन्वाद दिए।

‘खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइ नेपाली फुटबललाई उचाइमा पु¥याउनु भएकोमा उहाँ (अलमुताइरी)लाई धन्यवाद,’ प्रधानमन्त्री देउवाले भने, ‘आगामी दिनमा अन्य प्रतियोगिताहरुमा पनि सफलता दिलाउन खेलाडीलाई तयार गर्दै थप उपलब्धिका लागि प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

सो अवसरमा सरकारले एसिन सन्ट्रेल जोन महिला भलिबल च्याम्सियनसिपको उपाधि विजेता नेपाली टिमलाई नगदसहित सम्मान गरिएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अफ्रिका नेसन्स कप : सलाह र मानेकाे उपाधि भीडन्त
Next post मिडल्सबगसँग हार्‍यो युनाटेड, एफए कपको चोथौ चरणबाटै बाहिरियो
Close