साफमा माल्दिभ्सलाई पहिलो पटक हराएपछि प्रशिक्षक भन्छन्– हामी जितका हकजार थियौं

नेपाली फुटबल टिमका लागि शुक्रबार राति ऐतिहासिक रह्यो । १३औं साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेको नेपाली टिममले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–०ले हराउँदै नयाँ इतिहास बनायो । नेपालले माल्दिभसलाई साफ च्याम्पियनसिपमा पराजित गरेको यो पहिलो पटक थियो।

माल्दिभ्सविद्ध ऐतिहासिक जित निकालेपछि नेपाली टिममा मुख्यप्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि निकैखुसी छन् । नेपाली टिमलाई पहिलो पटक साफ च्याम्पियन बनाउने लक्ष्य बनाएका अलमुताइरीले माल्दिभ्ससँगको खेलपछि नेपाली टिम जितको हकदार भएको प्रतिक्रिया दिँदै अहिले नै खुसी मनाउन हतार नगर्न अनुरोध पनि गरे।

‘माल्दिभ्सलाई उसकै भूमिमा हराउनु आफैँमा ठूलो हो, यसको फरक महत्व छ । त्यसमाथि साफमा माल्दिभ्समाथिको यो पहिलो जित हो,’ प्रशिक्षक अल्मुताइरीले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘यो जितले म आफैं निकै भावनात्मक भएको छु र उत्तिकै खुसी पनि । तर, अहिले नै धेरै खुसी मनाउन हतार पनि नगरौं ।’

प्रशिक्षक अलमुताइरीले आफूहरुले अझै धेरै काम गर्न बाँकी रहेको र त्यो काम योजनाबद्ध ढंगले तह तहमा गर्ने बताए । उनले भने, ‘हामी पहिलो खुड्किलोमा सफल भएका छौं, अब हाम्रा अगाडि श्रीलंका छ। हामीले अहिले नै सबथोक प्राप्त गरेका छैनौं । हामी सबै संयमित हुनु पर्छ।’

प्रशिक्षक अल्मुताइरीले सबैका लागि यति बेला टिमको प्रदर्शनको मात्र अर्थ राख्ने बताए। साफ च्याम्पियनसिपमा नेपालले सोमबार श्रीलंकाको सामाना गर्नेछ।

Facebook Comments Box