धैर्य गर्नुस् हामी तपाईंलाई खुसी दिन्छौं : प्रशिक्षक अलमुताइरी

इराकसँग मैत्रीपूर्ण खेलमा फराकिलो पराजय बेहोरेपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल समर्थकमाफ खुसी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलपछि प्रतिक्रिया दिँदै प्रशिक्षक अलमुताइरीले अहिल्यै निराश नहुन र खुसी आत्मसाथ गर्न केही समय पर्खन अग्रह गरे।

इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालेपछि अलमुताइरीको यो पहिलो खेल थियो ।

उनले इराकसँगको हारको सम्पूर्ण दोष आफूले लिने पनि बतए । भने, ‘हामीले राम्रो नतिजा दिन सकेनौं, त्यसको सबै दोष म लिन्छु । यो नतिजाका लागि माफी चाहन्छ । खेलाडीलाई दबाब नदिनुहोला ।’

कुवेती प्रशिक्षक अलमुताइरीले राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह पनि गरे । उनले आज २ गोल गरेर खुशी दिएको र अब धरै खुशी बनाउने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि केही समय पर्खन उनको आग्रह थियो ।

अभ्यासका लागि पर्पाप्त समय नपाउँदा यस्तो नतिजा आएको बताए । ‘मात्र ११–१२ दिनको अभ्यास पछिको खेल हो यो । हामीले प्रयाप्त समय पाएनौं, हामीलाई समय चहिन्छ र धैर्यता पनि उत्तिकै महत्वपूर्ण छ। केही समय पर्खौं,’ ‘नेपाल टोलले राम्रो खेल्ने छ । दुई गोल गर्‍यौं, लिड गर्नका लागि हामी धेरै नजिक थियौं । तर, यो फुटबल हो ।’

राम्रो नतिजाका लागि केही समय चाहिने बताउँदै उनले खेलमा राम्रो अवसर गुमाएको बताए । ‘हामीले आज एक अवसर गुमायौं ,त्यो गोल भएको भए राम्रो हुन्थ्यो । केही सिल्ली मिस्टेक गर्दा खेल हारिन्छ, हामीलाई केही समय चाहिन्छ । जब हाम्रो लामो ट्रेनिङ हुन्छ हामी राम्रो रिजल्ट ल्याउँछौं,’ उनले भने।

Facebook Comments Box