ताइपेइविरुद्धको जित फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीप्रति समर्पित : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियाली विश्वकप छनोटअन्त्र्गत चाइनिज ताइपेइविरुद्धको जित कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।

बिहीबार राति कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २–०ले हराएको थियो । अञ्जन विष्ट र नवगुय श्रेष्ठको गोलमा नेपालले ताइपेइलाई हराएको थियो।

ताइपेइविरुद्धको खेलपछिको पोस्ट म्याच कन्फ्रेन्समा अलमुताइरीले नेपालको जित फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई समर्पित गरेका हुन्। उनले भने, ‘नेपाल निकै कठिन अवस्थामा छ । अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्णमा नेपालको जित समर्पण गर्न चाहन्छु ।’

‘ताइपेइले पनि आज निकै राम्रो खेल्यो । खेल निकै महत्त्वपूर्ण थियो र यसमा विपक्षी टिमलाई आश्चर्यमा पार्न हामीले नेपाली टिममा केही परिवर्तन गरेका थियौं,’ उनले थपे, ‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो र हाम्रो टिम उत्तिकै महत्त्वपूर्ण रह्यो ।’

Facebook Comments Box