अलमुताइरी नेपाल आइपुगे

नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन्। कुवेतमा भएको विश्वकप र एसिया कप छनोटका खेलपछि कुवेतमै बसेका अलमुताइरी शनिबार नेपला आएका हुन्।

विश्वकप र एसिया कप छनोट खेलेर नेपाली टिम गत आइतबार नै स्वदेश फर्किएको थियो । अलमुताइरी भने घरमै बसेका थिए ।

शनिबार अलमुताइरीलाई एन्फाका कार्यसमिति सदस्यहरु मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरेका थिए ।

अलमुताइरीको प्रशिक्षमा नेपालले विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटको तीन तथा एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ३ हार र १ जित निकालेको थियो । छनोटको समूह बीचमा ६ अंक जोड्दै चौथो स्थानमा रहेको नेपाल विश्वकप छनोटको अघिल्लो चरण पुग्न नसकेपनि एसिया कपको तेस्रो चरणको छनोटमा भने पुगेको छ।

यसैबीचले कुवेतबाट फर्केको नेपाली फुटबल टिमलाई एन्फाले २ साता आराम गर्न दिनेको भएको छ । कुवेतबाट फर्किएपछि नेपाली टिममले १ साता क्वारेन्टिनमा बिताएको थियो ।

दुई सातापछि अलमुताइरीले साफ च्याम्पियनसिको तयारी थाल्ने छन् । साफ चम्पियनसिप आगामी सेप्टेम्बरमा हुने छ। यो दुई साता एन्फासँग बसेर साफ च्याम्पियनसिप तयारीको खाका बनाउनेछन् । उनले साफको तयारीका लागि बलिया राष्ट्रसँग मैत्रीपूर्ण खेलको माग अलमुताइरीले गरिरहेका छन्।

Facebook Comments Box