अलमुताइरी भन्छन्– श्रीलंकालाई हल्का लिँदैनाै, खेल गाह्रो हुनेछ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले सुखद् सुरुआत गरेको छ। ५ टिम सहभागी प्रतियोगितामा माल्दिभ्सविरुद्ध १–०को ऐतिहासिक जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकाको सामाना गर्दैछ । श्रीलंकाविरुद्धको अघि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकालाई हल्का रुपमा नलिने बताएका छन्।

अलमुताइरी खेलाडीलाई सचेत हुने आग्रह गर्दै श्रीलंकाविरुद्ध संयमित भएर खेल्नु पर्ने बताए। ‘श्रीलंकाविरुद्धको खेल अझ गाह्रो हुनेछ । हामीले कुनै पनि हालतमा श्रीलंकालाई सजिलो लिने छैनौं,’ अलमुताइरीले भने।

उनले नेपालले माल्दिभ्सविरुद्ध प्राप्त जितलाई बिर्सेर श्रीलंकाविरुद्ध खेल्ने बतद्धाए । उलने श्रीलंकाविरुद्धको खेल नेपालका पहिलो प्रतिस्पर्धा जस्तै हुने बताए ।

‘श्रीलंकाविरुद्धको खेलमा हामी जितसहित तीन अंक बटुल्न सक्यौं भने पनि पक्कै खुसी हुने छौं,’ अलमुताइरीले भने, ‘तर यो सजिलो काम होइन् । हाम्रा खेलाडीले ९० मिनेट कडा संघर्ष गरेर खेल्नेछ ।’

श्रीलंका प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ। उ पहिलो खेलमा बंगलादेशसँग १–०ले पराजित भएको थियो। नेपाल र श्रीलंकाबीचको खेल सोमबार राति ९ः४५ बजे हुनेछ।

Facebook Comments Box